प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच मेरियट होटेलमा भेटवार्ता

डिसी नेपाल
१३ चैत २०७८ १२:३३
128
Shares

काठमाडौं।तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नक्सालस्थित मेरियट होटेलमा प्रचण्ड र यीबीच भेटवार्ता जारी छ ।गत शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री यीले प्रचण्डसँग भेट्नुअघि आइतबार बिहान मेरियट होटेलमै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग पनि भेटवार्ता गरेका छन् ।

ओलीसँग भेटवार्ता चलिरहेका बेला प्रचण्ड टोलीसहित मेरियट होटेल पुगेका थिए । ओलीले यीसँग बिआरआई अघि बढाउन आग्रह गरेका थिए ।उच्चस्तरीय राजनीतिक भेटवार्तापछि आइतबार नै चिनियाँ विदेशमन्त्री यी स्वदेश फर्कने कार्यक्रम छ । उनी अफगानिस्तान, भारत हुँदै नेपाल आएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.