४१.४३ अंकले घट्यो नेप्से परिसूचक, निर्जीवन बीमाबाहेक सबै उपसमूह राताम्मे
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक ४१.४३ अङ्कले घटेर २ हजार ५७२.२३ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९८ करोड ९५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ । यस कम्पनीको २७ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय ६६ रुपैयाँ ९० पैसा कायम भएको छ । त्यसपछि क्रमश : गुराँस लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ ।
आइतबारको कारोबारमा १३ उपसुचकमध्ये नन् लाइफ इन्स्योरेन्स उपसुचक बाहेक बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा जीवन विकास लघुवित्त वित्तीय संस्था र इमर्जिङ्ग नेपालका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन्। भने, मल्टीपर्पोज फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले अधिक गुमाएका छन् ।







डिसी नेपाल








Facebook Comment