सेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ताले कमाए मनग्य नाफा

डिसी नेपाल
१३ चैत २०७८ १५:३८
152
Shares

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक ४१.४३ अङ्कले घटेर २ हजार ५७२.२३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९८ करोड ९५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आजको कारोबारमा सेयर बजार घटे पनि जीवन विकास लघुवित्त वित्तीय संस्था, इमर्जिङ्ग नेपाल, राष्ट्रिय उत्थान लघुवित्त वित्तीय संस्था, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी  प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन्।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने इमर्जिङ्ग नेपाल र राष्ट्रिय उत्थान लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.