अपि पावर कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजना
काठमाडौँ। अपि पावर कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजना भएको छ। कम्पनीको ३९.३६३२९२६ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हो। सेयर मूल्य समायोजन पछि कम्पनीको सेयर भाउ प्रतिकित्ता ३ सय ६३.२७ रुपैयाँ कायम भएको छ । सोमबार यहि मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुल्ला हुने भएको छ।
कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मुल्यमा १ अर्व ८ करोड ६० लाख रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो।
यस हकप्रदमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यस हकप्रदलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ गरेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment