१४ वटा कम्पनी आइपिओ जारी गर्ने पाइपलाइनमा

डिसी नेपाल
१४ चैत २०७८ १४:०९
116
Shares

काठमाडौँ। अहिले सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दै गइरहेको छ। अहिले लगभग ५० लाखभन्दा बढीको हितग्राही खाता रहेको सिडिएस एण्ड क्लियरिङको तथ्यांकमा उल्लेख छ।

आम सर्बसाधारणहरुलाई दोस्रो बजारको पूर्ण जानकारी नभएको र जोखिम बहन गर्न नचाहने भएको हुनाले कम्पनीले जारी गर्ने प्राथमिक सेयर (आइपिओ)मा लगानी गर्ने गर्दछन्। आइपिओमा थोरै लगानीले पनि बढी नाफा कमाउन सक्ने भएको हुनाले अहिले सर्बसाधारणहरु आइपिओ भर्नेमा अधिक आकर्षित भएका छन्। अहिले कुनै कम्पनीको आइपिओ खुल्ने बितिकै माग गरेको तुलनामा तीनदेखि चार गुणासम्म आवेदन पर्ने गरेको छ।

नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न १४ वटा कम्पनी पाइपलाइनमा छन्। तीमध्ये १० वटा कम्पनी जलविद्युत कम्पनी रहेका छन्।  त्यस्तै, २ वटा लघुवित्त, एउटा इन्स्योरेन्स र एउटा अन्य कम्पनी छन् । यी कम्पनीबारे बोर्डले विभिन्न चरणमा अध्ययन गरिरहेको छ ।

अनुमति माग्नेमा मैलुङ्ग हाइड्रोपावर कम्पनी, रिलाइबल लाइफ इन्स्योरेन्स, थ्री स्टार हाइड्रोपावर, कुठेली बुखेरी स्मल हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, साञ्जेन हाइड्रोपावर, पूर्वी जलविद्युत, एशियाली जलविद्युत, रसुवागढी जलविद्युत कम्पनी, पिपुल्स पावर, मुक्तिनाथ कृषि कम्पनी र धौलागिरि लघुवित्त वित्तीय संस्था रहेका छन्। 

मैलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ लाख ३१ हजार कित्ता जारी गर्न अनुमति माग गरेको हो। कम्पनीले स्थानीय र सर्बसाधारणको लागि ३५ करोड ३१ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको छ । यसमा बिक्री प्रबन्धको काम सनराइज क्यापिटलले गर्ने भएको छ।

थ्री स्टार हाइड्रोपावर हाइड्रोपावरले १२ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको १२ लाख ३१ हजार २५० कित्ता आइपिओ बिक्री गर्न अनुमति माग गरेको छ। कम्पनीले कम्पनीले उक्त आइपिओ स्थानीय र सर्बसाधारणको लागि जारी गर्न लागेको हो।

कुठेली बुखेरी स्मल हाइड्रोपावरले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको २ लाख ४३ हजार ७३५ कित्ता, सिक्लेस हाइड्रोपावरको २० करोड रुपैयाँबराबरको २० लाख कित्ता, सुपरमाई हाइड्रोपावरले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता, पूर्वी जलविद्युतको १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आइपिओ जारी गर्ने भएका छन् । 

यस्तै एशियाली जलविद्युतको ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता, पिपुल्स पावर कम्पनीले ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता, साञ्जेन हाइड्रोपावरले ३६ करोड ५० लाख रुपैयाँबराबरको ३६ लाख ५० हजार कित्ता र रसुवागढी जलविद्युत कम्पनीले ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १ सय कित्ता आइपिओ जारी गर्ने भएको छ।

यसैगरी आदर्श लघुवित्तले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता, धौलागिरि लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता, मुक्तिनाथ कृषि कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता र रिलाइबल लाइफ इन्स्योरेन्सले १ अर्व २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ निष्काशन गर्न लागेको छ।

कुठेली बुखेरी स्मल हाइड्रोपावर, पूर्वी जलविद्युत र एशियाली जलविद्युतको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल, सिक्लेस हाइड्रोपावर र आदर्श लघुवित्तको बिक्री प्रबन्धकमा बैंक ओफ काठमाडौँ क्यापिटल, सुपरमाइ हाइड्रो पावरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल, साञ्जेन हाइड्रोपावरको बिक्री प्रबन्धकमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, रसुवागढी हाइड्रोपावरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल, पिपुल्स पावरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल र मुक्तिनाथ कृषि कम्पनीको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ। साञ्जेन हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरले स्थानीयको लागि आइपिओ जारी गर्न लागेको हो। 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.