विन नेपाल लघुवित्तले गर्यो लाभांश दिने घोषणा
काठमाडौँ। विन नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्न ०.५ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
कम्पनीले ११ प्रतिशतले हुन आउने ६७ लाख ६५ हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने भएको छ। साथै, कर प्रयोजनार्थ ०.५ प्रतिशतले हुन आउने ३ लाख ३८ हजार २५० रुपैयाँ नगद खर्च हुने भएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामी साधारसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment