यस्तो छ आजको बिदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्री दर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री दर १३४ रुपैयाँ १२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ७० पैसा र बिक्री दर १६० रुपैयाँ ४९ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ र बिक्री दर १३० रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ४२ पैसा र बिक्री दर ९१ रुपैयाँ ८७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ८६ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०९ पैसा र बिक्री दर १९ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४१ पैसा र बिक्री दर ३२ रुपैयाँ ५७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २७ पैसा र बिक्री दर ३३ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment