अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२३ चैत २०७८ ९:४९
744
Shares

काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २८ पैसा र बिक्री दर १२० रुपैयाँ ८८ पैसा कायम गरेको छ। मंगलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५८ पैसा र बिक्री दर १२१ रुपैयाँ १८ पैसा कायम भएको थियो।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ०३ पैसा र बिक्री दर १५८ रुपैयाँ ८२ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ ६३ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ८२ पैसा र बिक्री दर ९२ रुपैयाँ २८ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ०३ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७९ पैसा र बिक्री दर ९ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ०६ पैसा र बिक्री दर ३२ रुपैयाँ २२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ९२ पैसा र बिक्री दर ३३ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.