निरन्तर ओरालो लाग्दै सेयर बजार, लगानीकर्ता चिन्तित
काठमाडौं । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से परिसूचक २३.३२ अङ्कले घटेर २ हजार ४२८.७५ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२६ कम्पनीको ४३ लाख ७९ हजार ०४२ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ९९ करोड ५९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा हाइड्रो डिस्टिलरी अग्रस्थानमा रहेको छ । यस कम्पनीको ९ करोड ६७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ३ हजार ६ सय ८२ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नबिल बैंकको कारोबार भएको छ ।
बुधबारको सेयर बजारमा राष्ट्र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र सोल्टी होटलका लगानीकर्ताले अधिक कमाएका छन्। यस्तै, इमर्जिङ्ग नेपालको र राष्ट्र उत्थान लघुवित्त का लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment