अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२४ चैत २०७८ ८:५९
428
Shares

काठमाडौं। बिहिबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९२ पैसा र बिक्री दर १२१ रुपैयाँ ५२ पैसा कायम गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २८ पैसा र बिक्री दर १२० रुपैयाँ ८८ पैसा कायम भएको थियो।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ८५ पैसा र बिक्री दर १३२ रुपैयाँ ५१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ १५ पैसा र बिक्री दर १५८ रुपैयाँ ९४ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ १३ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ५५ पैसा र बिक्री दर ९२ रुपैयाँ छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ २४ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७६ पैसा र बिक्री दर ९ रुपैयाँ ८० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०१ पैसा र बिक्री दर १९ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ०९ पैसा र बिक्री दर ३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.