नेप्से परिसूचक ३५.६६ अङ्कले बढ्यो, दुई कम्पनीको सेयरमा सर्किट
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार बढेको छ । बिहिबार नेप्से परिसूचक ३५.६६ अङ्कले बढेर २ हजार ४६४.३१ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब १२ करोड १५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । यस कम्पनीको ७ करोड ३८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ९ सय ६९ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : प्राइम कमर्सियल बैंक र हिमालयन डिस्टिलरी को कारोबार भएको छ ।
बिहिबारको सेयर बजारमा हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यी कम्पनीका लगानीकर्ताले अधिक कमाएका छन्। भने इमर्जिङ्ग नेपालको र राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment