यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२७ चैत २०७८ ९:११
372
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १४ पैसा र बिक्री दर १२१ रुपैयाँ ७४ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ ३१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५७ रुपैयाँ ९९ पैसा र बिक्री दर १५८ रुपैयाँ ७७ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ १५ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३३ पैसा र बिक्री दर ९० रुपैयाँ ७८ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ २० पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ६७ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७६ पैसा र बिक्री दर ९ रुपैयाँ ८१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०४ पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ३० पैसा र बिक्री दर ३२ रुपैयाँ ४६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९ रुपैयाँ ९२ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.