आत्मदाह प्रयासबाट गम्भीर घाइते मुगुका गणेश नेपालीको वीर अस्पतालमा निधन
काठमाडौँ । आत्मदाहको प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि मृत्यु भएको हो।
यसअघि वीर अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो।
अस्पतालका चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाका बारेमा निश्चित रूपमा केही भन्न नसकिने र जुनसुकै बेला पनि परिस्थिति गम्भीर बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए।
चिकित्सकहरूको अथक प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ।






डिसी नेपाल





Facebook Comment