आज सेयर बजार बन्द
काठमाडौं – आज (आइतबार) सेयर बजार बन्द रहने छ । सरकारले राम नवमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आज नेप्से कारोबार बन्द हुने भएको हो।
गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा आइतबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।
अब सेयर बजार सोमबार बिहान ११ बजे खुल्नेछ। बिहिबार नेप्से सूचक ३५.६९ अंकले बढेर २४६४.३५ बिन्दुमा पुगेर रोकिएको थियो । कुल २ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment