रिभर फल्स पावरको ७ लाख कित्ता आइपिओ आजदेखि बिक्री खुला

डिसी नेपाल
२७ चैत २०७८ १०:४७
52
Shares

काठमाडौं। रिभर फल्स पावरको ७ लाख कित्ता आइपिओ आज (चैत २७ गते)देखि बिक्री खुला गरेको छ। कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि १ सय रुपैयाँ अंकित मूल्यमा ७ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो।

यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने भएको छ। यस आइपिओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यस आइपिओमा स्थानीयले वैशाख ११ गतेसम्म आवेदन दिन पाउने छन्। यो तोकिएको समयसम्ममा आवश्यक अनुसार आवेदन नपरेमा ढीलोमा वैशाख २६ गतेसम्म आवेदन दिन पाउने छन्।

लगानीकर्ताले यस आइपीओमा प्रभु क्यापिटल कमलादी काठमाडौं, रिभर फल्स पावर कमलादी काठमाडौं र यसको अयोजना कार्यालय संखुवासभा तथा धर्मदेवी नगरपालिकाको कार्यालय संखुवासभाबाट आवेदन दिन सकिन्छ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ।

इक्रा नेपालले यस आईपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ रेटिङ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.