म्यानचेष्टर युनाइटेडलाई स्तव्ध पारेपछि शीर्ष स्थानमा लिभरपुल

डिसी नेपाल
२ पुष २०७५ ५:३८

जारी इंग्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुल फेरि शीर्ष स्थानमा उक्लिएको छ । उसले गए रातिको खेलमा म्यानचेष्टर युनाइटेडलाई स्तव्ध पार्दै लिगको शीर्ष स्थान कब्जा गरेको हो ।

आफ्नै मैदानमा लिभरपुलले पाहुना टोली युनाइटेडलाई ३–१ ले हराएको हो । लिभरपुललाई पहिलो स्थानमा ल्याउनका लागि जर्दान शाकिरीले २ तथा साडियो मानेले एक गोल लगाए । यस्तै युनाइटेडका जेसे लिंगार्डले एक गोल फर्काए ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले मानेको गालमार्फत् अग्रता लिएको थियो । उसका लागि मानेले खेलको २४ औं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलेको ३३ औं मिनेटमा लिंगार्डले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफ बराबरी खेलेको लिभरपुलका लागि दोस्रो हाफमा शाकिरी नायक बने । खेलको ७० औं मिनेटमा नेबी केईटाको स्थानमा मैदान छिरेका शकिरीले ७३ औं मिनेटमा र ८० औं गोल गर्दै ३–१ को जित दर्ता गरे ।

जितसंगै लिभरपुलले म्यानचेष्टर सिटीलाई पछि पार्दै शीर्ष स्थान कब्जा गरेको छ । उसले १७ खेलबाट ४५ अंक जोडेको छ भने सिटी ऊभन्दा एक अंकले पछि परेको छ । सिटीको ४४ अंक रहेको छ ।

यता पराजित युनाइटेड २६ अंकसहित छैटौं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *