सोमबार घट्यो सुनको मूल्य, प्रति तोला कति ?
काठमाडौँ। साताकाे कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख १ सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला १ लाख १ सय रुपैयाँ रहेको पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment