उपकार लघुवित्तको आइपिओ भने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?
काठमाडौं। उपकार लघुवित्त वित्तीय संस्थाको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ। आइतबार राम नवमी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हुनाले कम्पनीले आइपिओ भर्ने म्याद १ दिन थप गर्दै चैत ३० गते पुर्याएको हो।
कम्पनीले चैत २५ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २ लाख ३६ हजार २५० कित्ता आइपिओ बिक्री खुल्ला गरेको हो ।
कम्पनीले जारी गरेको आइपिओमध्ये ५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामुहीक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । भने, बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ।
यस आइपिओमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्टले गर्ने भएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ। इक्रा नेपालले यस आईपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ।







डिसी नेपाल








Facebook Comment