रोप वे दुर्घटनापछि उचाइमा फसेकाहरूले तिर्खा मेट्न आफ्नो पिसाब जम्मा गरेका थिए
काठमाडौं । हिन्दी अखबार दैनिक भास्करको राँची संस्करणमा, आजको पहिलो पृष्ठको मुख्य समाचार देवघरको त्रिकूट पहाडमा रहेको रोपवे दुर्घटनाको विषयमा प्रकाशित भएको छ । अखबारका अनुसार ४५ घण्टापछि तेस्रो दिन उद्धार कार्य सकिएको हो । तेस्रो दिनसम्मा बाँकी १५ जनामध्ये १४ जनालाई सेनाले सकुशल निकाले पनि देवघरकी शोभादेवीलाई भने बचाउन सकेनन् ।
एक्कासी डोरी चुँडिदा उनी तल खसेकी थिइन् । तीन दिने उद्धार कार्यमा ४८ जनाको उद्धार गरिएको छ भने दुई जनाको उद्धारका क्रममा मृत्यु भएको छ । मंगलबार बिहान ६ बजेबाट सेनाले उद्धार सुरु गरेको थियो । हेलिकप्टरबाट अन्तिम अपरेशन एक बजे सम्पन्न भएको थियो ।
आइतबार साँझ ५ बजेबाट सुरु भएको उद्धार कार्य ४५ घण्टासम्म चलेको अखबारले आफ्नो रिपोर्टमा लेखेको छ । मंगलबार तेस्रो दिन करिब सात घण्टा अपरेशन चलेको थियो ।
वायुसेनाका ६०, सेनाका ४८ र आईटीबीपीका ४८ जना हेलिकप्टरबाट १५ सय फिटको उचाइमा पुगेर रोपवेका तीन ट्रलीमा फसेका १५ जनाको उद्धार गरेका थिए । उचाइ र तीव्र हावाको कारण, यो सबैभन्दा कठिन उद्धार थियो।
उद्धारका क्रममा एक जवानको खुट्टामा चोट लागेको छ । ४५ घण्टाको उद्धार कार्यमा १२ जना घाइते भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।
पहिलो दिन पहाडमा ट्रली ठोक्किँदा एक जनाको मृत्यु भएको थियो भने सोमबार उद्धारका क्रममा एक जनाको लडेर मृत्यु भएको थियो । यसअघि सोमबार सेनालाई उद्दार गर्न निकै कठिनाइ भएपछि सेनाले रणनीति बनाएर पुनः उद्धार कार्य सुरु गरेको थियो ।
दैनिक भास्करले आफ्नो रिपोर्टमा लेखेको छ, ‘एक रात र एक दिन करिब एक हजार फिटको उचाइमा रहेको तीन बाइ चार फिटको ट्रलीमा फसेकाहरुको मनस्थिति यस्तो थियो कि सोमबार दिउँसोसम्म पानी नपाउँदा उनीहरुले बोतलमा पिसाब जम्मा गरे । ट्रलीमा फसेका विनय कुमारले सोमबार दिउँसोसम्म पानी नआएपछि अब तिर्खाले मरिन्छ भन्ने भान भएको बताए ।
त्यसैले उसले आफ्नो पिसाब बोतलमा राखेका थिए। त्यसैगरी उनको परिवारका अन्य सदस्यले पनि पिसाब जम्मा गरेका थिए । तर, केही समयपछि पानी आइपुग्यो । यता, अन्तिममा उद्धार गरिएका देवघरको झोसामढीका छठीलालले बितेको पहिलो रात सबैभन्दा डरलाग्दो भएको बताए । उनको पूरै परिवार फसेको थियो।
उनले भने, ‘के हुने हो थाहा थिएन । मेरा दुई नातिनातिना थिए जसको बारेमा म चिन्तित थिएँ। तर मंगलबार जब नातिनातिनाको उद्धार भएको देखेँ, केही राहत पाएँ । तर, मेरी श्रीमती मेरो आँखा अगाडि खसिन्, जुन दुःखको कुरा हो । म जस्तै अरु पनि थिए, धेरै हौसला दिए । हामी सबैले एकअर्कालाई हौसला दिइरहेका थियौं । यही कारणले गर्दा यस्तो कठिन परिस्थितिमा हामीले आफ्नो मनोबल कायम राख्न सक्यौं।
दैनिक भास्करले आफ्नो रिपोर्टमा लेखेको छ, ‘रोपवे सञ्चालन गर्ने दामोदर रोपवेज एण्ड इन्फ्रा लिमिटेडका पूर्व कर्मचारीले चकित आश्चर्यजनक कुरा भनेका छन् । रोपवे सञ्चालनको समय बिहान १०:२२ देखि बेलुका ४:२० सम्म रहेको पूर्व कर्मचारीले बताए । तर रोप वे बिहान ९ बजेबाट सुरु भई बेलुका ६ बजेसम्म चल्छ । रोपवे सुरु गर्नुअघि दैनिक डेढ घण्टा मर्मतसम्भार गर्नुपर्छ । तर कर्मचारीको सिफ्ट बिहान साढे ८ बजे सुरु हुन्छ र रोपवे ९ बजे सुरु हुन्छ ।
भास्करको रिपोर्टका अनुसार पूर्व कर्मचारीहरूले यसका लागि व्यवस्थापक विनीत सिन्हा जिम्मेवार रहेको बताएका छन् । उनी जहिले पनि दुई वर्षसम्म कोरोनामा रोपवे बन्द भएकोले आर्थिक नोक्सानीको क्षतिपूर्ति गर्नुपर्छ भन्थे । यही मुआब्जाको दबाबमा पहिलो पटक रोपवे पूर्ण क्षमताका साथ सञ्चालनमा आएको थियो भने त्यो दिन हावा पनि चलेको थियो । हावा तीव्र हुँदा ट्रलीको संख्या घटाउने मापदण्ड तोकिएको भएपनि त्यसो हुन सकेको छैन ।
यही कारण अत्यधिक दबाबका कारण शाफ्ट भाँचियो र डोरी चिप्लियो । फेब्रुअरी १७ मा सिम्फरबाट डोरी जाँच गरिएको थियो। तर बाँकी मर्मतसम्भार कम्पनीले नै गर्नुपर्ने थियो । कम्पनीले शाफ्ट पनि जाँच गर्नुपर्ने थियो तर त्यसो भएन। नतिजाको रूपमा, डोरी ठीक थियो तर शाफ्ट भाँचियो। जसका कारण दुर्घटना भएको हो । यति मात्र होइन, उद्धारका क्रममा कुनै ट्रलीमा पाँच र कुनैमा सात जना फेला परेका थिए । साथै यहाँको उचित मर्मतसम्भार नभएको पनि स्थानीय बताउँछन् । प्रबन्धक भने फरार छन् ।







डिसी नेपाल







Facebook Comment