बढ्यो सुनको मूल्य, प्रति तोला कति पुग्यो ?

डिसी नेपाल
२ वैशाख २०७९ १०:५४
144
Shares

काठमाडौँ। नयाँ वर्षमा कारोबार सुरु भएको पहिलो दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला १ लाख २ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ पुगेको छ।  चाँदी प्रति तोला १५ रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.