विद्यालय कर्मचारीको न्यूनतम सेवासुविधा कार्यानवयनमा `नेविकप´को जोड

डिसी नेपाल
४ वैशाख २०७९ ६:३९
284
Shares

काठमाडौं। नेपाल विद्यालय कर्मचारी परिषदले विद्यालय कर्मचारीहरुको न्यूनतम सेवासुविधा कार्यान्वयनका लागि देशैभर अभियान चलाउने भएको छ। परिषदका राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीको अध्यक्षतामा प्रदेश र जिल्ला कार्य समितिका अध्यक्ष , सचिव र कोषअध्यक्षहरुको प्रथम बैठकले उक्त निर्णय गरेको हो।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका महासचिव लक्ष्मीकिशोर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकले परिषदमा बाँकी केन्द्रीय सदस्यहरुको मनोनयन गर्ने, कार्यालय स्थापना गर्ने, सल्लाहकार समितिको गठन गर्ने, विभागहरु गठन गर्नेलगायतका निर्णय गरेको छ।

बैठकका प्रमुख अतिथि सुवेदीले विद्यालय कर्मचारीको हकहितका लागि समितिले विशेष ढंगबाट काम गर्नुपर्नेमा जोड दिए। यस्तै अध्यक्ष तिवारीले विद्यालयका कर्मचारी माथि राज्यबाट भइरहेको अन्यायका विरुद्ध देशभरका कर्मचारीहरु एक हुनुपर्ने बताए।

बैठकको सहजीकरण परिषदका महासचिव शान्तिनाथ योगीले गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *