पल शाह प्रकरणः ‘पीडित’ले अदालतमा बयान फेरिन्
काठमाडौं । बलात्कारको आरोप लागेर पुर्पक्षको लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्धामा पीडित नाबालिकाले बयान फेरेकि छिन्। नाबालिकाले जिल्ला अदालत तनहुँमा उजुरीमा उल्लेखीत विवरण सबै सत्य नभएको बताएको स्रोतले जनाएको छ।
पीडितले आफू अरु कसैको उक्साहटमा परेर जाहेरी दिएको बताएको पल शाहको मुद्दामा वहस गरेका वकिलहरुले दाबी गरेका छन्।
पल शाहमाथि नाबालिका गायिकाले आफूमाथि यौनजन्य अपराध गरेको भन्दै आरोप लगाएपछि उनका पिताले उजूरी दर्ता गरेका थिए। यही विषयसँग सम्बन्धित अर्को उजुरी नवलपरासीमा दर्ता भएको थियो।
उनको बयानले पल शाहका शुभचिन्तकहरु खुशी भएका छन्। बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी प्रावधान छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment