मेस्सीले बनाए अर्को किर्तीमानी रेकर्ड (भिडियो सहित)

डिसी नेपाल
२ पुष २०७५ १२:४१

स्पेनिस ला लिगाअन्र्तगत गए रातिको खेलमा साबिक विजेता बार्सिलोनालाई ह्याट्रिकका मद्दतले शानदार जित दिलाएका लियोनल मेस्सीले फेरि अर्को एउटा कीर्तिमान आफ्नो नाम गरेका छन् ।

लेभान्टेकै घरेलु मैदानमा ५–० को शानदार जित दिलाउन ह्याट्रिक गरेका कप्तान मेस्सी बार्सिलोनाको जर्सीमा सबैभन्दा धेरै ला लिगाका खेल जित्ने खेलाडी बनेका छन् । उनले बार्सिलोनाका लेजेण्ड खेलाडी जाभी हर्नान्डेजको रेकर्ड तोडेका हुन् ।

३१ वर्षीय अर्जेन्टिनी स्ट्राइकर मेस्सीले बार्सिलोनाकै जर्सीमा ३ सय २२ खेल जितेका हर्नान्डेजको रेकर्ड ब्रेक गरेका हुन् । आइतबार रातिको खेल जितेपछि मेस्सीले ३ सय २३ खेल जित्दै हर्नान्डेजको कीर्तिमानी आफ्नो नाम गरेका हुन् ।

गए रातिको खेलमा मेस्सीले ६० औं मिनेटभित्रै ह्याट्रिक पूरा गरे । उनले १७ मिनेटभित्र ह्याट्रिक पूरा गरे । उनले खेलको ४३ औं मिनेट, ४७ औं मिनेट र ६० औं मिनेटमा गोल गर्दै ला लिगामा आफ्नो ३१ औं ह्याट्रिक पूरा गरेका हुन् ।

यसो त उनले ला लिगामा ३४ पटक ह्याट्रिक गर्ने पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछ्याइरहेका छन् । रोनाल्डोले मेस्सीभन्दा ३ वटा ह्याट्रिक बढी गरेका छन् ।

यस्तै हाल उनी सिजनको ला लिगामा सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा छन् । उनले जारी लिगमा १४ गोल गरेका छन् भने उनीभन्दा तल जिरोनाका क्रिस्टियन स्टौनी रहेको छन् । उनले ११ गोल गरेका छन् । यस्तै उनलाई पछ्याउने क्रममा बार्सिलोनाका खेलाडी लुइस स्वारेज रहेका छन् । उनले पनि ११ गोल गरेका छन् ।

यसैगरी ३१ वर्षीय मेस्सीले जारी लिगको गोल असिष्टमा पनि पहिलो स्थान बनाएका छन् । उनले जारी लिगमा १० गोलमा पास मिलाएका छन् भने दोस्रो स्थानमा एन्टोइन ग्रीजम्यान रहेका छन् । उनले ६ गोलमा पास मिलाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *