कञ्चनपुर घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग

डिसी नेपाल
४ वैशाख २०७९ २३:३५
36
Shares

काठमाडौं । राष्ट्रिय महिला आयोगले कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका–६ बस्ने ४२ वर्षीया महिलालाई धामी झाक्रीहरूले भूतप्रेत बोक्सी लागेको भन्दै फलामको डण्डा आगोमा तताएर कुटपिट गरी हत्या गर्ने दोषीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।

आयोगले हत्या जस्तो जघन्य अपराधको अन्त्यका लागि दण्डहिनताको अन्त्य गरी तत्काल घटनाको सत्यतथ्य छानबिन गरी यस्ता अपराधका दोषीलाई कानून बमोजिम कडाभन्दा कडा सजाय र पीडितको न्याय दिन सरकारसँग माग गरेको हो ।

आयोगका अध्यक्ष कमला पराजुलीले निर्दोष महिलालाई बोक्सी भनेर चरम यातना दिएर हत्या भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुन बमोजिम कडाभन्दा कडा सजाय र पीडितको न्यायको लागि राज्य, प्रहरी प्रशासन र सबै सरोकारवाला पक्षको ध्यान जानुपर्ने बताईन् ।

धामी झाँक्रीले रञ्चुला साउदलाई गत चैत ३० गते बेलुका भूतप्रेत बोक्सी लागेको भन्दै फलामको डण्डा आगोमा तताएर कुटपिट गरी हत्या गरेका छन् । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–२ बस्ने अमृता खत्री टण्डनको संकास्पद मृत्यु भएको घटनाप्रति आयोगले दोषीलाई कारबाही गर्न माग गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *