पहाडी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना
काठमाडाैं। हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। राति पहाडी भूभागमा आंशिक बदली रहनेछ।
मंगलबार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment