सोमबार पाँच सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
५ वैशाख २०७९ ११:२७
112
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय २० रुपैयाँ पुगेको छ।  चाँदी प्रति तोला ५ रुपैयाँले बढेको हो। आइतबार चाँदी प्रति तोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.