फर्स्ट माइक्रोफाइनान्सको तेश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?
काठमाडौँ। फर्स्ट माइक्रोफाइनान्सको आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४६.४४ प्रतिशतले धेरै हो। गत वर्षको सोहि अवधिमा कम्पनीले ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको वितरण योग्य मुनाफा भने ११ करोड ८२ लाख रहेको छ ।
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ६०.१४ प्रतिशत र ६१.५९ प्रतिशतले बढेको छ। गत वर्ष १९ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस त्रैमासमा३० करोड ७१ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १५ करोड ५४ लाख रुपैयाँबाट बढेर २५ करोड ११ लाख रुपैयाँ पुर्याउन सफल भएको छ।
यो तेश्रो त्रैमाससम्ममा कम्पनीको कर्जा सापटी १०.८२ प्रतिशतले बढेर ९ अर्ब ५४ करोड पुगेको छ भने कर्जा प्रवाह २७.६७ प्रतिशतले बढेर १० अर्ब ४१ अर्ब पुगेको छ । ९६ करोड ४४ लाख चुक्ता पुँजी भएको कम्पनीको रिजर्भमा ३२ करोड ६३ करोड रहेको छ । कम्पनीको बेस रेट १२.३५ प्रतिशत रहेको छ भने कोषको लागत १०.५५ प्रतिशत रहेको छ ।
कम्पनीको खुद नाफा बढेसँगै प्रति सेयर आम्दानी पनि बढेको छ। कम्पनीको प्रति सेयर आम्दानी ५ रुपैयाँ ७२ पैसाले बढेर २२ रुपैयाँ ९७ पैसा पुगेको छ। गत वर्षको यहि अवधिमा प्रति सेयर आम्दानी १७ रुपैयाँ २५ पैसा रहेको थियो । कम्पनीको प्रति शेयर नेटवर्थ ३३ रुपैयाँ ८४ पैसा रहेको विवरणमा उल्लेख छ।







डिसी नेपाल








Facebook Comment