देशभर कैदीबन्दीको संख्या २५ हजारभन्दा बढी, कैदीबन्दीलाई छैन मतदानको अधिकार

डिसी नेपाल
६ वैशाख २०७९ ११:५६
60
Shares

काठमाडौं। देशभर कुल कैदीबन्दीको संख्या २५ हजार ७२ रहेको छ । कुल कैदीबन्दीमध्ये १ हजार ३ सय ८४ जना विदेशी रहेका छन्। कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र सिवाकोटीका अनुसार अहिले देशका विभन्न जेलहरुमा १३ हजार ७३१ पुरुष कैदी र ७८० जना महिला कैदी रहेका छन्।

यस्तै, देशमा अहिले ९ हजार ९६९ पुरुष र ५९२ जना महिला बन्दीहरु रहेको उनले जनाए। देशका ८ वटा बालसुधार गृहमा ५०३ जना कैदी र ५२५ जना बन्दी रहेका छन्।

देशका विभिन्न जेलमा रहेका कैदीबन्दीहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाउने विभागका सूचना अधिकारी सिवाकोटीले बताए।

‘कैदीबन्दीलाई मतदानसमा सहभागी गराएका मैले अहिलेसम्म थाहा पाएको छैन। यसपटकको निर्वाचनमा पनि उनीहरुले मतदान गर्न पाउने छैनन्। यसैकारण उनीहरुको मतदाता परिचयपत्र पनि बनाइएको छैन,’ सूचना अधिकारी सिकाकोटीले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *