उपचारको क्रममा अस्पतालबाट फरार भएका थुनुवा पक्राउ

डिसी नेपाल
६ वैशाख २०७९ १४:३३
44
Shares

काठमाडौं।प्यारालाइसिसको बहाना बनाई उपचारको क्रममा वीर अस्पतालबाट फरार भएका एक जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ कुञ्चोक करमडाँडा घर भएका ४५ वर्षीय राजेश तिरुवा छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका तिरुवाले प्यारालाइसिस भएको भन्ने बहाना बनाई वीर अस्पतालमा भर्ना भएका थिए । उपचारत रहेको अवस्थामा गत चैत २९ गते राति अस्पतालबाट फरार भएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई बुढानिलकण्ठ नगरपालिका–१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट फेला पारी पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौं पठाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *