मेटलाइफ र क्लिन अप नेपालद्वारा बुढानिलकण्ठमा सरसफाई
काठमाडौं । मेटलाइफ नेपालसँगको सहकार्यमा क्लिन अप नेपालले आइतबार भगवान विष्णुको वासस्थान बुढानीलकण्ठ मन्दिर परिसरमा ‘लिटर क्लीन अप इभेन्ट’ आयोजना गरेको छ ।

सरसफाइको उद्देश्यले आयोजना गरिएको कार्यक्रमले समुदाय, नागरिक समाज, सरकारी तथा निजी संघसंस्थालाई एकताबद्ध बनाउन सहयोग गरेको थियो । कार्यव्रmममा बुढानिलकण्ठ नारायणस्थान व्यवस्थापन समिति, सामुदायिक प्रहरी सेवा वmेन्द्र, महानगरीय प्रहरी प्रभाग, वातावरण संरक्षण अभियान नेपाल (इसिआइ)र युवा समूहको सहभागिता थियो ।

नेपालका सबै प्रमुख सहरमा बढ्दो वातावरणीय प्रदुषणको पछाडि जम्मा भएको फोहोरको अनुचित व्यवस्थापन र जलाउने प्रमुख कारण रहेको छ । फोहोरको कुप्रबन्धनले नकारात्मक स्वास्थ्य र पर्यावरणीय खतराहरू निम्त्याउँछ। फोहोर फाल्ने, नियमित सरसफाईमा संलग्न हुने, फोहोरको झोला साथमा बोक्ने र सार्वजनिक स्थानमा भन्दा फोहोर फाल्ने भाँडोमा मात्रै फोहोर फाल्ने भन्ने विषयमा सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

विभिन्न प्रकारका फोहोर र फोहोर छुट्याउने विषयमा सहभागीहरुलाई जानकारी दिएर कार्यक्रम सुरु भएको थियो । त्यसैगरी सहभागीहरूलाई विभित्र समूहमा विभाजन गरी मन्दिर वरपरका विभित्र ठाउँमा सरसफाइका लागि परिक्रमा गरिएको थियो । उचित फोहोर व्यवस्थापनको महत्वबारे जनचेतना जगाउने मुख्य उद्देश्यका साथ भएको सरसफाई कार्यक्रममा ५५ जना सहभागी थिए ।







डिसी नेपाल








Facebook Comment