प्रमुख निर्वाचन आयुक्तको जवाफः आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ

डिसी नेपाल
६ वैशाख २०७९ २२:४६
196
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन्।

स्थानीय तहको निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेको भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेको भोलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्’ भनेका हुन्।

मंगलबार राजधानीमा पत्रकारसँगको अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ।’

एमाले केन्द्रीय सचिवालयको सोमबारको केन्द्रीय सचिवालय बैठकले सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँटलाई लिएर भइरहेको किचलोका कारण सरकारले भित्रभित्रै निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको निष्कर्ष निकालेको थियो।

त्यसको भोलिपल्ट थपलियाले भनेका छन्, ‘निर्वाचन हुनेरनहुने कुनै पनि संशयलाई चिर्दै ३० वैशाखमा निर्वाचन गर्ने दृढ सकल्पमा आइपुगेका छौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *