नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९८ हजार ३२१ कित्ता संस्थापक सेयर बिक्री खुला
काडमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले ५ लाख ९८ हजार ३२१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक सेयरधनी सुभाष चन्द्र संघई र अनन्त कुमार गोल्याणको सेयर बिक्री गर्न लागेको हो।
कम्पनीले संस्थापक सेयरधनी सुभाष चन्द्र संघईको नाममा रहेको ४ सय कित्ता र अनन्त कुमार गोल्याणको नाममा रहेको ५ लाख ९७ हजार ९२१ कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ।
यो सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बैंकको प्रधान कार्यालय कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment