३६.७३ अङ्कले घट्यो सेयर बजार, सबै उपसूचक राताम्मे

डिसी नेपाल
७ वैशाख २०७९ १५:१२
112
Shares

काठमाडौं । साताको कारोबार चौथौ दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक ३६.७३ अङ्कले घटेर २ हजार ३२०.५१ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ३५ लाख ७० हजार ९५ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ४५ करोड ८७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा नेष्डो सम्बृद्ध लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ। यस कम्पनीको १४ करोड १९ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य २ हजार ७ सय १० रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : एनआईसी एशिया बैंक र सिद्धार्थ बैंकको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचक घटेका छन्। आज नेप्सेमा ग्रीन भेञ्चर र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सर्किट लागेको छ। यि दुई कम्पनीका लगानीकर्ताले अधिक कमाएका छन् भने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.