घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

डिसी नेपाल
७ वैशाख २०७९ २०:०२
536
Shares

कास्की । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) रूपनारायण महतो घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महतोलाई घुस सहित पक्राउ गरेको हो।

सई महतोलाई ३८ हजार रुपैयाँ घुस रकमसहित मंगलबार बेलुकी पक्राउ गरिएको आयोगका पोखरा प्रवक्ता देवप्रसाद थपलियाले बताए।

महतोले लेनदेन मुद्दा मिलाइ दिने भन्दै सेवाग्राहीसँग ३८ हजार रुपैयाँ लिएका थिए। आयोगको टोलीले रकमसहित महतोलाई बाग्लुङ नगरपालिका २ स्थित विपद् व्यवस्थापन गुल्म नजिकैबाट पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.