समसेर दल गण भित्र गोली चल्यो, महिला सिपाही गम्भीर घाइते

डिसी नेपाल
७ वैशाख २०७९ २२:५८
4.4k
Shares

 

कपिलवस्तु । कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गण भित्र गोली चल्दा एक महिला घाइते भएकी छन् । गोली लागेर एक महिला सिपाही गम्भीर घाइते भएकी हुन् । बुधबार साँझ ७ बजे भएको गोली प्रहारबाट कोपिला राजवंशी नाम गरेकी सिपाही घाइते भएकी स्रोतले बताएको छ ।

स्रोतको अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भई रहेको बताइएको छ । घटनाको विषयमा प्रहरीले कुनै तथ्य सार्वजनिक गरेको छैन । प्रहरीले घटनाको विषयमा पछि जानकारी दिने बताएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.