बिहिबार बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
८ वैशाख २०७९ १०:५०
288
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार सुनको मूल्य प्रति तोला १ लाख ९ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला १ लाख ६ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला १ लाख ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला ५ रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.