४.९४ अङ्कले बढ्यो सेयर बजार
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ। बिहिबार नेप्से परिसूचक ४.९४ अङ्कले बढेर २ हजार ३२५.४५ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३१ कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ६२ करोड ९१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा नेष्डो सम्बृद्ध लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ। यस कम्पनीको १० करोड ३६ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य २ हजार ८ सय रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : नबिल बैंक र सूर्या लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ८ वटा उपसुचक बढेको छन् भने ५ वटा उपसुचक घटेका छन्। आज नेप्सेमा ग्रीन भेञ्चर र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सर्किट लागेको छ। यि दुई कम्पनीका लगानीकर्ताले अधिक कमाएका छन् भने घलेम्दी हाइड्रो र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment