इण्डियन प्रिमियर लिगको सट्टावाजी खेल खेलाउने दुई जना विराटनगरबाट पक्राउ
मोरङ। भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (आइपीएल)को सट्टाबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र सोही महानगरपालिका–९ बस्ने ४४ वर्षीय भुपेन्द्र कुमार साह रहेका छन्। उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई नगद २८ हजार ३ सय २५ रुपैयाँ, २ थान मोबाइल र २ थान विभिन्न बैंकको चेक सहित पक्राउ गरिएको हो। उनीहरुमाथि सट्टाबाजी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment