सिराहामा मृत्यु भइसकेका २७ सयभन्दा बढीको नाम अझै मतदाता सूचीमा

डिसी नेपाल
१० वैशाख २०७९ १३:३०
40
Shares

सिराहा।स्थानीय तह निर्वाचन २०७४ पछि सिराहामा मृत्यु भएका तीन हजार चार सय ४८ जनामध्ये दुई हजार सात सय ३६ जनाको नाम अझै मतदाता सूचीमा रहेको छ।स्थानीय तहले पठाएको सूचीको आधारमा सात सय १२ जनाको नाम मात्र सूचीबाट हटाएको जिल्ला निर्वाचन कार्यालय सिराहाका प्रमुख ईन्दिरा यादवको भनाइ छ।

स्थानीय तहले पठाएको विवरणलाई आधार मानि नाम हटाएको तर पनि जनशक्ति र समय अभावले सबै नाम हटाउन नसकिएको प्रमुख यादवले जनाए ।निर्वाचन कार्यालयको अद्यावधिक मतदाता सूचीलाई आधार मान्दा लहान नगरपालिकामा आठ सय १९, सिराहा नगरपालिकाका सात सय ९० र धनगढीमाईका दुई सय ८३ जनाको नाम सूचीमा छ ।निर्वाचन आयोग र स्थानीय तहहरूको लापरबाहीले मृत्यु दर्ता भइसकेका व्यक्तिको नाम पनि अझै मतदाता सूचीमा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *