पूर्वराज्यमन्त्री डिम्पल झाको निधन

डिसी नेपाल
११ वैशाख २०७९ ७:१७
912
Shares

काठमाडाैं। पूर्वराज्यमन्त्री एवं लाेकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ। झाको उपचारका क्रममा आइतबार राति काठमाडाैंमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिएका छन्।

डिम्पल पछिल्लाे दुई वर्षयता क्यान्सरसँग जुधिरहेकी थिइन्। पूर्वसंविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन्। डिम्पल लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन्।

‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका माननीय, पूर्वमन्त्री, संविधानसभा सदस्य तथा पार्टीका नेता अनिलकुमार झाजीका धर्मपत्नी डिम्पल झाजीको दुःखद देहान्तको खबरले मर्माहत भएको छु,’ नेता सुरेन्द्रले भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *