काठमाडौंको काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं। काठमाण्डौको काँडाघारीमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय गोपाल आले मगर रहेका छन्।
दुवैको उपचारको क्रममा महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। आलेद्वय सवार बा ५० प ९९३६ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे अनियन्त्रित भई काँडाघारी सोल्टीमोडस्थित बिजुलीको पोलमा ठक्कर खाएको प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment