बेपत्ता भएको आठौं दिनमा प्रहरी हवल्दार मृत फेला

डिसी नेपाल
१२ वैशाख २०७९ ७:०९
60
Shares

काठमाडौं। पाँचथरमा बेपत्ता भएको आठौं दिनमा नेपाल प्रहरीका हवल्दार मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार कुम्मायक गाउँपालिका–१ को ओर्दिनमा हवल्दार श्रेष्ठ मृत फेला परेका हुन्। पोष्टमार्टका लागि उनको शव जिल्ला अस्पताल लगिएको छ । ३ वैशाखको बेलुकीदेखि उनी बेपत्ता थिए। उनको हत्या कि आत्महत्या हो भन्ने खुल्न बाँकी रहेको डीएसपी थापाले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *