चार हिमाल सफा गर्न सेनाकाे टाेली आधार शिविरमा

डिसी नेपाल
१२ वैशाख २०७९ ९:३२
28
Shares

काठमाडाैं। नेपाली सेनाले नेतृत्व गरेकाे ‘सफा हिमाल अभियान- २०२२’ काे टाेलीहरु चार वटा हिमालका आधार शिविरमा पुगेका छन्।

यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने तयारी छ।  सगरमाथा र ल्होत्सेमा खटिएको टोली १ वैशाख, कञ्चनजंघामा खटिएको टोली ८ वैशाख र मनास्लुमा खटिएको टोली ९ वैशाखमा आधार शिविर पुगेका नेपाली सेनाले जनाएकाे छ।

‘बेश क्याम्प पुगे पश्चात उक्त टोलीले फोहोर संकलन गर्ने कार्य सुरु गरेका छन्,’ जंगीअड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोटमा भनेको छ। हिमाल सफाइ अभियान २२ गतेसम्म संचालन हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *