दोर्दीखोला जलविद्युतको १० लाख ५४ हजार २६० कित्ता आइपिओ बिक्री खुला, कहाँ जाने भर्न ?

डिसी नेपाल
१३ वैशाख २०७९ ९:५०
372
Shares

काठमाडौँ। दोर्दीखोला जलविद्युत कम्पनीको १० लाख ५४ हजार २ सय ६० कित्ता आइपिओ आज (बैशाख १३ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरुको लागि आइपिओ जारी गरेको हो।

यस आइपिओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल गर्नेछ। लगानीकर्ताले यस आइपिओमा न्युनतम १० कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन पाउने छन्। लगानीकर्ताले यस आइपिओमा छिटोमा बैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको समयमा पुरै आवेदन नपरेमा ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सक्ने छन्। इक्रा नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर इस्यूअर रेटिङ डबल बी माइनपस’ प्रदान गरेको छ।

लगानीकर्ताले सिद्धार्थ बैंकको लमजुङ शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएनमबि बैंकको बेसीशहर लमजुङ शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाले आगामी जेठ १ गतेबाट विजुली सम्पन्न गर्ने लक्ष्य राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.