सर्लाहीमा पनि आत्मदाहको प्रयास, ३५ वर्षीय विवेक मण्डलको अवस्था गम्भीर

डिसी नेपाल
२६ असार २०८३ १८:५८

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्।

मण्डलले आफ्नो घरबाट करिब २ सय मिटर टाढा गएर शरीरमा आगो लगाएका थिए। मधेश प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार घटनामा मण्डलको शरीरको अधिकांश भाग जलिसकेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा घरपरिवारसँगको विवादका कारण उनले यस्तो कठोर कदम चालेको खुलेको छ। घटना हुँदा उनको घरमा कोही पनि व्यक्ति नभएको बताइएको छ।

घटनालगत्तै रास्वपा सांसद अमरेशकुमार सिंहले सामाजिक सञ्जालमार्फत यसको जानकारी गराएका छन्। हाल घाइते मण्डललाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *