देउवाकै गृहजिल्लामा एमालेसँग गठबन्धन गरेपछि प्रदेश सभा सदस्य मल्ल कांग्रेसबाट निष्कासित

डिसी नेपाल
१३ वैशाख २०७९ १८:४२
2.0k
Shares

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ विपरित गतिविधि गरेको हुनाले मल्ललाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको जनाएका छन् ।

कांग्रेसमा सभापति शेरबहादुर देउवासँग रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले कांग्रेस बीपीमा प्रवेश गरी स्थानीय तह निर्वाचनमा जिल्लामा एमालेसँग गठबन्धन गरेको थियो । डडेल्धुरा देउवाको गृह जिल्ला हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.