कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त
काठमाण्डौ । कुमारी बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि खनाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
तत्कालिन कामु सीईओ अनुजमणि तिमिल्सिना र डेपुटी सीईओ मनिष तिमिल्सिनाले स्वेच्छिक अवकाश लिएपछि कुमारी बैंकमा सीईओ पद खाली थियो। खनालले कामु सीईओको जिम्मेवारी सम्हालेका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment