शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४५ हजार ९९१ कित्ता सेयर लिलामीमा
काठमाडौँ। शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४५ हजार ९९१ कित्ता सेयर आज (बैशाख १४ गते) देखि लिलामीमा राखिएको छ । लगानीकर्ताले न्यूनतम १८५ रूपैयाँलाई आधार मानेर सोभन्दा बढी भाउमा बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ। लगानीकर्ताले यसमा न्युनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।सेयर खरिद आवेदनका लागि अन्तिम म्याद वैशाख २२ गते बैंकिङ्ग कारोबार समयसम्म तोकिएको छ।
बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment