नेपाल फाइनान्सले हकप्रद सेयर जारी गर्दै, कहिले हुँदैछ बुक क्लोज ?

डिसी नेपाल
१४ वैशाख २०७९ १३:००
72
Shares

काठमाडौँ। नेपाल फाइनान्सले ३४ लाख ५४ हजार ४ सय ७४.२७५० कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ।  कम्पनीले हकप्रद सेयर जारी गर्न बुकक्लोज मिति तय गरेको छ। कम्पनीले हकप्रद सेयर जारी गर्न बैशाख २१ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार बैशाख २० गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद सेयर आवेदन दिन पाउने छन्।

कम्पनीले १ :०.७० अनुपातमा ७० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३४ करोड ५४ लाख ४७ हजार ४ सय २८ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । यस हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.