आइपिएल अक्सनः १५ खेलाडी बिके, ३ खेलाडीले पाए ५ करोड

डिसी नेपाल
३ पुष २०७५ ११:५३

काठमाडौं। जारी आइपिएलको लिलामीमा अहिलेसम्म १५ खेलाडी बिकेका छन् । बिकेका खेलाडीमध्ये फास्ट बलर जयदेव उनादकट बनेका छन् । राजस्थान रोयल्सले उनादकटलाई ८ करोड ४० लाखमा किनेको छ । अघिल्लो सिजन भारतीय खेलाडीमा सबैभन्दा महंगोमा बिकेका उनादकटलाई राजस्थानले ११ करोड ५० लाखमा किनेको थियो । अहिलेको सिजनमा उनलाई रिटेन नगरी रोयल्सले रिलिज गरेको थियो । उनलाई रिटेन नगरी रिलिज गरेर अक्सनमा किन्दा रोयल्सलाई ३ करोड १० लाख नाफा भएको छ ।

वेष्ट इण्डिजका खेलाडीले राम्रो मूल् पाएका छन् । वेष्ट इण्डिजका कार्लोस ब्रेथवेटले ५ करोड मूल्य पाए । सिमरन हेटमेयरले ४ करोड २० लाख पाए । यस्तै अक्षर पटेलले ५ करोड पाएका छन् । वेष्ट इण्डिजकै निकोलस पुरनले ४ करोड २० लाख पाए । मोहम्मद शमीले ४ करोड ८० लाख पाए । बलर मोहित शर्माले पनि ५ करोड पाए । कुन टिमले कुन खेलाडीलाई कति मूल्यमा किने ? हेर्नुहोस् पूरा सूची

१. हनुमा विहारी २ करोड दिल्ली क्यापिटल्स

२. सिमरन हेटमेयर ४ करोड २० लाख रोयल च्यालेन्जर्स बैंगलोर

३. कार्लोस ब्रेथवेट ५ करोड कोलकाता नाइटराइडर्स

४. गुरकिरत सिंह ५० लाख रोयल च्यालेन्जर्स बैंगलोर

५. मोइस हेनरिक्स १ करोड किंग्स ११ पंजाब

६. अक्षर पटेल ५ करोड दिल्ली क्यापिटल्स

७. जोनी बेरिस्टो २ करोड २० लाख सनराइजर्स हैदराबाद

८. निकोलस पुरन ४ करोड २० लाख किंग्स ११ पंजाब

९. ऋद्धिमन साहा १ करोड २० लाख सनराइजर्स हैदराबाद

१०. जयदेव उनादकट ८ करोड ४० लाख राजस्थान रोयल्स

११. इशान्त शर्मा १ करोड १० लाख दिल्ली क्यापिटल्स

१२. लासिथ मालिंगा २ करोड मुम्बइ इण्डियन्स

१३. मोहम्मद शमी ४ करोड ८० लाख किंग्स ११ पंजाब

१४. बरुण आरोन २ करोड ४० लाख राजस्थान रोयल्स

१५. मोहित शर्मा ५ करोड चेन्नाइ सुपर किंग्स




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *